
Nepal's N0.1 Loksewa preparation Website.All useful info and preparation materials would have published here. लोकसेवा तयारी गरी सरकारी जागिरमा प्रवेश गर्ने सोच बनाउनुभएका तथा तयारी गरिरहनुभएका सम्पूर्ण विद्यार्थी साथीहरुलाई यस वेभसाईटमा स्वागत छ । लोकसेवा सँग सम्बन्धित सम्पूर्ण सामग्रीहरु यहाँ निशुल्क उपलब्ध हुनेछ ।
यस ब्लगभित्र निम्न सामग्रीहरु राखिएका छन ........
- खरिदार तयारी सामाग्री
- नायब सुब्बा तयारी सामग्री
- शाखा अधिकृत तयारी सामग्री
- नायब सुब्बा तयारी सामाग्री( नेपाल सरकारको सुब्बा कसरी हुने ?)
- सामान्य ज्ञान( सुत्रहरुको संगालो)
- सम्पूर्ण आइक्यूहरु( IQ Tips and Trick)
- सरकारी जागिरको परिचय तथा सरकारी जागिर कसरी खाने ?
- महत्वपूर्ण समसामयिक जानकारी
- Admission
- गोरखापत्र
- सरकारी जागिरको अवसर
Admission open for LLB in Open university- खुला विश्वविद्यालयमा कानुन संकाय मा भर्ना खुल्यो ।
Nepal Open University published notice regarding Admission open for Bacehlor of Law program(LLB) and other various Program. नेपाल खुला विश्वविद्यालय ले विभिन्न तहमा अध्ययन गर्नको लागि भर्ना आव्हान गरेको छ । उक्त विश्वविद्यालयले कानुनमा स्नातक(एल.एल.बी) अध्ययन गर्नको लागि भर्ना खुला गरेको छ । नेपाल ल कलेज र त्रि.वि. बाट सम्बन्धन प्राप्त कलेजमा भर्ना सम्बन्धमा विवाद रहेको र कानुन पढ्न इच्छुक सबैले पढ्न पाउने अवस्था नदेखिएको अवस्थामा यो विश्वविद्यालयमा भर्ना भई पढन पाउनु अर्को विकल्प हुन सक्छ । सबैले त्रि.वि. को एल.एल.बी कोर्स गर्न नपाउने भएकोले इच्छुक विद्यार्थीले यता पनि भर्ना भई अध्ययन गर्न सक्नुहुनेछ । एल.एल.बी पढिसकेपछि के कस्तो भविष्य छ भन्ने कुरा www.facebook.com/Learnwithnagendra लिंकमा गई बुझ्न सक्नुहुनेछ ।

Career opportunity at Global IME Bank(ग्लोबल आइएमई बैंकमा जागिरको अवसर ।)
Global IME Bank Has published vacancy announcement.If you are interested in Banking sector than this announcement may suitable for you.ग्लोबल आईएमई बैंकले विभिन्न पदमा जागिरको लागि विज्ञापन खोलेको छ । आवेदन दिने मिति ८ जुलाई सम्म रहेको छ । थप जानकारीको लागि तलको तस्बिर हेर्नुहोस ।
सरकारको नीती तथा कार्यक्रम संसदमा प्रस्तुत
सरकारको नीती तथा कार्यक्रम संसदमा प्रस्तुत
कहिले?
2075-2-7 मा राष्ट्रपतिद्धारा प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त
बैठकमा आ.व.2075।76 को
नीति तथा कार्यक्रम प्रस्तुत
नीती तथा कार्यक्रमका विशेषताहरु
सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने।
मुख्य राजमार्गहरुलाई ‘एक्सप्रेश-वे’का रुपमा विकास गर्ने।
अबको १० वर्षभित्र देशलाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने।
सरकारले ‘समृद्ध
नेपाल, सुखी नेपाली’ दीर्घकालीन नीति लिएको छ।
प्रत्येक नेपालीको बैंक खाता खोल्ने।
५ वर्षमा कृषिको उत्पादन दोब्बर बनाउने।
५ वर्षभित्र कामका लागि विदेश जानुपर्ने बाध्यताको अवस्था अत्त्य गर्ने।
सरकारले ‘प्रधानमन्त्री
रोजगार कार्यक्रम’
सञ्चालन
गर्ने।
सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल
गर्ने लक्ष्य लिने भएको छ।
नेपालीहरुको प्रतिव्यक्ति आयलाई पनि पाँच वर्षमा दोब्बर पुर्याउने।
Contermporary Information - समसामयिक जानकारी
राष्ट्रिय आर्थिक गणना सुरु-2075-1-1 बाट
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
-2075-1-11
केन्द्रिय तथ्याङ्क विभागद्धारा नेपालको प्रतिव्यक्ती आय
1004 डलर पुगेको जनाएको-2075-1-12
राष्ट्रिय झणडा दिवस कहिले मनाइन्छ ? वैशाख 1
दैलेखको दुल्लुमा साँस्कृतिक संग्रहालय निर्माण गरिने भएको
छ ।
2074 चैत्र मसान्तमा सम्पन्न धनगढी प्रिमियर लिग (DPL) क्रिकेट प्रतियोगिता कसले
जित्यो? टिम चौराहा (धनगढी)
सशस्त प्रहरी बल नेपालको महानिरिक्षकमा शैलेन्द्र खनाल
निर्वाचित भएका छन ।
सोलुखुम्बु पूर्ण खोप सुनिश्चित जिल्ला कहिले घोषणा भयो?
2075 बैशाख ३
सन 2018 अप्रिलमा क्युबामा नयाँ राष्ट्रपतिको रुपमा चयन हुन
सफल राजनीतिकर्मी को हुन ? मिगेल डियाज कनेल
2018 अप्रिलमा कुन देशका राजाले आफ्नो देशको नाम परिवर्तन
गरी नयाँ नामाकरण गरेका छन? र नयाँ
राष्ट्रको नाम के हो ? स्वाजिल्याण्ड र नयाँ नाम The Kingdome of eSwatini.
भलिबलका आविष्कारक को हुन? विलियम जर्ज मोर्गन (सन1895)
विश्वमै दुइपटक अनुहार प्रत्यारोपण गरिएका पहीलो व्यक्ति को
हुन? फ्रान्सका जेरोम ह्यामोन ।
चिन सरकारले दुइ वटा वाई-12 ई जहाज नेपाललाई कहिले
हस्तान्तरण गर्यो ? 2075 वैशाख 4 गते
सरकारले काठमाण्डौ उपत्यका वरपरका क्षेत्रमा कति वटा सहर
निर्माण गर्ने निर्णय गरेको छ ? 4
नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको हालसम्मकै
ठूलो सोर्य परियोजना उत्पादन क्षमता कति रहेको छ ? 25 मे.वा.
संयुक्त राष्ट्रसंघिय महासभाअन्तर्गतको सम्मेलन समितिको
अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ? 2018 अप्रिल
भारतको दादासाहेब फाल्के फिल्म फाउन्डेसन द्धारा सन 2018 मा
प्रदान गरिएको मस्ट भर्सटाईल एक्टिङ अवार्ड बाट सम्मानित कलाकार को हुन? मनिषा
कोइराला
2075 सालको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट
सम्मानित हुने पत्रकार को हुन? वरिष्ठ पत्रकार भैरव रिमाल
2075 साल वैशाख 13 गते राजधानीमा सम्पन्न छैठौँ एनएफडीसी
राष्ट्रिय चलचित्र 2074 मा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त
गर्यो? शत्रुगते
2 लाख रुपैयाँ पुरस्कार राशीको पहिचान पुरस्कार बाट
सम्मानित कृति कुन हो ? यज्ञशको भुइँया कृति
यातायात क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने सम्बन्धमा सरकार
र यातायात व्यवसायी बीच कहिले सहमति भएको हो ? वि.स.2075 बैशाख 23
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिका रुपमा चौथो
कार्यकालका लागि कहिले शपथ लिएका हुन ? सन 2018 मे 7
आरएमआई फ्लेम अवार्ड 2018 र फ्लेम लिडरसिप अवार्ड बाट
सम्मानित हुने कम्पनि कुन हो ? रियल स्कुल अफ नेपाल
सन 2017 मा विश्वकै व्यस्त अन्तराष्ट्रिय हवाई रुट कुन हो ?
सिंगापुर क्वालालम्पुर रुट
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कहिलेसम्ममा मंगल ग्रहमा
हेलिकप्टर पठाउने भएको छ ? सन 2020 सम्म
2075 मा प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट
सम्मानित हुने व्यक्तित्व को हुन ? डा. महेन्द्र विष्ट र डा.राजेश झा
सन 2021 सम्म गैँडको संख्या कति पुर्याउने लक्ष्य रहेको छ ?
800
मणिविक्रम शाह कुन खेलसँग सम्बन्धित छन? फुटबल
Loksewa preparation material published in Gorakhapatra-गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री जेठ २३ गते।
Loksewa preparation material published in Gorakhapatra Question and Answer-गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री जेठ २३ गते वस्तुगत र विषयगत प्रश्नोत्तर ।
साभार:-गोरखापत्र
Loksewa preparation material published in Gorakhapatra-गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री जेठ १६ गते।
Loksewa preparation material published in Gorakhapatra Question and Answer गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री जेठ १६ गते वस्तुगत तथा विषयगत
।
।
Loksewa preparation material published in Gorakhapatra-गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री जेठ ९ गते ।
Loksewa preparation material published in Gorakhapatra Question and answer गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री वस्तुगत र विषयगत जेठ ९ गते ।
साभार:- गोरखापत्र
Loksewa preparation material published in Gorakhapatra-गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री जेठ २ गते ।
Loksewa preparation material published in Gorakhapatra Question and Answer गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री जेठ २ गते वस्तुगत र विषयगत प्रश्नोत्तर
Permanent Job Opportunity in Gorakhapatra-गोरखापत्रमा स्थायी सरकारी जागिरको अवसर ।
Gorakhapatra published a Vacancy for Permanent job. If your are seeking an opportunity to do permanent Government Job,Than this Vacancy would be suitable for you. गोरखापत्र संस्थानले विभिन्न पदहरुमा स्थायी नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ ।
आवेदन दिने अन्तिम मिति २०७५।२।२५ मा विज्ञापन खुलेको मितिले ३५ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र दरखास्त दिन सकिने छ । आवेदन फाराम गोरखापत्र संस्थानमा पाईनेछ ।
तल उल्लेखित पदहरुको लागि पाठ्यक्रम हेर्नको लागि यहाँ जानुहोला गोरखापत्र संस्थानद्धारा प्रकाशित विज्ञापनको विभिन्न पदको पाठ्यक्रम
आवेदन दिने अन्तिम मिति २०७५।२।२५ मा विज्ञापन खुलेको मितिले ३५ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र दरखास्त दिन सकिने छ । आवेदन फाराम गोरखापत्र संस्थानमा पाईनेछ ।
तल उल्लेखित पदहरुको लागि पाठ्यक्रम हेर्नको लागि यहाँ जानुहोला गोरखापत्र संस्थानद्धारा प्रकाशित विज्ञापनको विभिन्न पदको पाठ्यक्रम
Loksewa preparation material published in Gorakhapatra-गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री वैशाख ५ गते
Loksewa preparation material published in Gorakhapatra Question and answer.मिति २०७५ वैशाख ५ को गोरखापत्रमा प्रकाशित वस्तुगत तथा विषयगत लोकसेवा सामग्री ।
How to become A " Kharidar "नेपाल सरकारको खरिदारको जागिरे कसरी बन्ने ?
लोकसेवा आयोगबाट लिईने नेपाल सरकारको खरिदारको जागिरको चार्मीङको विषयमा यस अघि नै पोस्ट भइसकेेको छ । यस पोस्टमा खरिदार कसरी बन्न सकिन्छ भन्ने विषयमा चर्चा गरिनेछ ।
पहिलो:- तपाईले एस.एल.सी/एस.ई.इ. पुरा गरेको हुनुपर्छ ।
तपाई नेपाल सरकारको खरिदारको जागिर खाने सोच बनाउनुभएको छ भने तपाईले १० कक्षा अर्थात एस.एल.सी./एस.ई.ई पुरा गरेको हुनुपर्छ । यो योग्यता लोकसेवा आयोगले निर्धारण गरेको हो ।
दोस्रो:-तपाई १८ वर्ष पुगेको र कुनै कानुनले अयोग्य हुनुहुँदैन ।
खरिदार पदको लागि लोकसेवाको परिक्षा दिनको लागि तपाई १८ वर्ष पूरा भएको हुनुपर्छ । तपाईले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ । त्यस्तै कुनै पनि फौजदारी कसूरमा सजाय पाएको हुनुहुँदैन । सरकारी सेवाको लागि क कसले आवेदन दिन सक्छन भन्ने कुरा निजामती सेवा ऐन २०४९ मा उल्लेख गरिएको छ ।
तेस्रो:-तपाईले अनलाईनबाट फर्म भर्नुपर्छ ।
पहिले लोकसेवा आयोगले प्रत्यक्ष रुपमा भरिएका फर्म लिने गरेकोमा पछिल्लो समयमा अनलाईनबाट फर्म भर्ने व्यवस्था मिलाएको छ । त्यसको लागि यो लिंकमा गई लोकसेवा अनलाईन आवश्यक विवरण भरी प्रमाणपत्र,फोटो,हस्ताक्षर अप्लोड गरी फर्म भर्नुपर्छ ।
खरिदार तहको विज्ञापन प्रत्येक वर्ष फागुन बुधबार खुल्छ ।
लोकसेवा आयोगले खरिदार तहको विज्ञापन प्रत्येक वर्ष फागुन अन्तिम बुधबार खोल्दछ । विज्ञापन खुलेपछि तपाईले अनलाईन मार्फत आफ्नो फर्म भर्नुपर्नेे हुन्छ ।
प्रथम चरणको परिक्षा ।
वैशाख / जेठमा खरिदार तहको पहिलो चरणको परिक्षा सञ्चालन हुन्छ । यो चरणको परिक्षाको नतिजा २ हप्ता जतिमा प्रकाशित हुन्छ । यो चरणको परिक्षा पास गरेपछि मात्र दोस्रो चरणको परिक्षामा सहभागी हुन पाईने हुन्छ ।
दोस्रो चरणको परिक्षा ।
दोस्रो चरणको परिक्षा सामान्यतया असार महिनामा हुन्छ । प्रथम चरण उत्तीर्ण भएपछि दोस्रो चरणमा सहभागी हुन पाईन्छ । राम्रोसँग अध्ययन गरी तयारीसाथ दोस्रो चरणको परिक्षा दिनुपर्ने हुन्छ ।
लिखित परिक्षाको नतिजा,अन्तर्वार्ता र सिफारिस ।
लोकसेवा आयोगको वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार खरिदारको लिखित परिक्षाको नतिजा भदो/असोज महिनामा निकाल्ने भनि उल्लेख गरिएको छ । त्यसैगरी लिखित परिक्षा भएको १ महिना जतिमा अन्तर्वार्ता हुन्छ भने अन्तर्वार्ता सकिएपछि योग्यताक्रमको आधारमा सफल उम्मेदवारलाई खरिदारको पदमा जागिरको लागि सिफारिस गरिन्छ । यसरी खरिदार बन्ने एउटा चक्र पुरा हुन्छ ।
यसरी एउटा नेपाली नागरिक,विद्यार्थी खरिदार बन्न सक्दछ । यस ब्लगमा नेपालमा सरकारी जागिर खानको लागि के गर्नुपर्छ ? कसरी अगाडी बढ्नुपर्छ ? स्टेप बाई स्टेप खरिदार नायब सुब्बा र शाखा अधिकृत कसरी बन्न सकिन्छ भनेर सम्पूर्ण विषयवस्तुहरु राखिने छन । त्यसैगरी लोकसेवा तयारी तथा अन्य सम्पूर्ण सरकारी जागिरको तयारीको लागि के गर्नुपर्छ? के कुन कसरी पढ्नुपर्छ भन्ने विषयहरु समावेश हुनेछन । त्यसैगरी लोक सेवा आयोग उत्तीर्ण हुनका लागि के कस्ता टिप्स,ट्रिक्स आवश्यक पर्दछ? प्रत्येक दिनका समसामयिक जानकारीहरु , सरकारी जागिर खुलेका सूचनाहरु लगायत सम्पूर्ण कुराहरु तपाईहरुलाई यहाँ पस्कने छौ । आशा छ माया गर्नुहुनेछ । तपाईहरुको सकारात्मक प्रतिक्रिया,सहयोग, लाईक कमेन्ट,शेयरले हामिलाई अझ बढी जिम्मेवार,उत्तरदायी बनाउनेछ । त्यसैले आफ्ना साथीभाई तथा फेसबुकमा शेयर गरी जानकारी दिनुहुनेछ , आशा गर्दछौं ।
यसरी एउटा नेपाली नागरिक,विद्यार्थी खरिदार बन्न सक्दछ । यस ब्लगमा नेपालमा सरकारी जागिर खानको लागि के गर्नुपर्छ ? कसरी अगाडी बढ्नुपर्छ ? स्टेप बाई स्टेप खरिदार नायब सुब्बा र शाखा अधिकृत कसरी बन्न सकिन्छ भनेर सम्पूर्ण विषयवस्तुहरु राखिने छन । त्यसैगरी लोकसेवा तयारी तथा अन्य सम्पूर्ण सरकारी जागिरको तयारीको लागि के गर्नुपर्छ? के कुन कसरी पढ्नुपर्छ भन्ने विषयहरु समावेश हुनेछन । त्यसैगरी लोक सेवा आयोग उत्तीर्ण हुनका लागि के कस्ता टिप्स,ट्रिक्स आवश्यक पर्दछ? प्रत्येक दिनका समसामयिक जानकारीहरु , सरकारी जागिर खुलेका सूचनाहरु लगायत सम्पूर्ण कुराहरु तपाईहरुलाई यहाँ पस्कने छौ । आशा छ माया गर्नुहुनेछ । तपाईहरुको सकारात्मक प्रतिक्रिया,सहयोग, लाईक कमेन्ट,शेयरले हामिलाई अझ बढी जिम्मेवार,उत्तरदायी बनाउनेछ । त्यसैले आफ्ना साथीभाई तथा फेसबुकमा शेयर गरी जानकारी दिनुहुनेछ , आशा गर्दछौं ।
Vacancy Announcement at Civil service Hospital-निजामति अस्पतालमा जागिर खुल्यो !!!
If you are looking for Health and Account Sector Job,Than Civil service Hospital,Minivan announced vacancy for various post. निजामति कर्मचारीहरुको अस्पताल निजामति अस्पतालमा विभिन्न तह र पदमा खुला प्रतिस्पर्धाद्धारा कर्मचारी नियुक्त गर्नको लागि विज्ञापन आव्हान गरिएको छ । विज्ञापन गरिएका पदहरु र आवश्यक योग्यता निम्नानुसार रहेको छ । आवेदन दिने अन्तिम मिति 2074/3/22 रहेको छ ।
जनजिब्रोमा झुन्डीएको लोकप्रिय शब्द " खरिदार "
फलानोले खरिदारमा नाम निकाल्यो रे ।घर तलतिरको
दाजुले खरिदारमा नाम निकाल्नुभयो । पल्लो टोलको भाईले खरिदारमा नाम निकालेछन
।फलानोको छोरा/छोरी कति ट्यालेन्ट कति बुद्धिमान एकैचोटिमा खरिदार भए । हो यस्तै
वाक्यहरु गाउँघरमा तपाई हामीले सुन्दैआएका छौं ।खरिदारमा नाम निकाल्नेको कति धेरै
चर्चा परिचर्चा ? हजुरआमादेखी भर्खरै स्कुल पढ्दै गरेका भाईबहिनीहरु, काका
काकी,मामा माईजु , ठूलो बुवा र सबै आफन्तहरु अनि गाउँका सबैको वाहवाही र बधाईका
हजारौं पुष्ष गुच्छाहरु । सुन्दै आनन्द लाग्ने । खरिदार शब्द सबै गाउँले दाजुभाई
काकाकाकी आमा बुवा हजुरबा हजुरआमाको मुखमा सुरम्य झुण्डिरहने । खरिदारमा नाम
निकालेर ठूलो उपलब्धी हासिल भएको,ठुलै युद्ध जितेको अनुभव हुने,ठुलै सफलता हासिल
गरेको अनुभुती वाहवाही, सबैको प्रिय र बधाईको पात्र बन्दा मनमा छुट्टै किसिमको
रोमाञ्चकता पहिलो पटक खरिदार हुँदा ।
सबैको यति प्रिय शब्द,जन जनमा यति लोकप्रिय खरिदार पद खासमा
के हो त? कसरी खरिदार हुने? खरिदारले के कस्तो काम र जिम्मेवारी र पूरा गर्नुपर्छ
त?
१८ वर्ष पुरा भएको एस.एल.सी पास भएको नेपालको जुनसुकै
फौजदारी कसूरमा सजाय नपाएको नागरिक खरिदार परिक्षामा सहभागी भई छनौट हुन सक्दछ ।खरिदार
राजपत्रअनंकित द्धितीय श्रेणीको पद हो जुन निजामति सेवा प्रवेश गर्ने श्रेणिविहिन
तह भन्दा एक तह माथिको पत्र हो । यसरी लोकसेवा आयोगबाट छनौट भई सिफारिस भएर
सिफारिस भएको कार्यालयमा हाजिर भई कामकाज सुरु गरेपछि सरकारी जागिरको लामो यात्रा
तय हुन्छ ।कार्यालयको प्रकृतिअनुसार के काम गर्नुपर्छ भन्ने निर्धारण हुन्छ ।यदि
कोही अगाडी नाम निकाल्छ र राजस्व समुह रोज्छ भने खरिदार तह र अर्को तहमा अन्य
सेवामा प्रवेश नगरेसम्म राजस्व समुहमा नै रहन्छ ।यसरी उसले राजस्व कार्यालयहरुमा
फाँटअनुसार काम गर्नुपर्ने हुन्छ । त्यसैगरी अहिले नगरपालिका र गाउँपालिका तथा वडा
कार्यालय र अन्य कार्यालयमा काम गर्ने कर्मचारी खरिदार तहका कर्मचारी पनि हुन्छन ।
नगरपालिका र गाउँपालिका का अधिकांश वडाहरुमा खरिदार र ना.सु स्तरका कर्मचारी वडा
कार्यालयको प्रमुख रहेका हुन्छन । यसरी प्रशासन सेवाका राजपत्र अनंकित द्धितिय
श्रेणीका खरिदारहरु विभिन्न कार्यालयहरुमा रहेर काम गरिरहेका हुन्छन ।त्यस्तै
न्याय सेवामा काम गर्ने खरिदारलाई डिठ्ठा र तामेलदार भनिन्छ । उनीहरुले काम गर्ने
सर्वोच्च अदालत,उच्च अदालत,जिल्ला अदालत,सरकारी वकिल लगायतका कार्यालय हरु हुन ।
त्यस्तै कार्यालयमा हिसाब किताब राख्ने, कर्मचारीलाई तलब भत्ता खुवाउने काम लेखाको
कर्मचारीको रहेको हुन्छ । त्यसैले खरिदार तहमा प्रशासन सेवाको लेखा उपसमुहमा काम
गर्ने कर्मचारीलाई सह-लेखापाल भनिन्छ ।खरिदार तहको चार्मिङ पनि उत्तिकै रहेको छ ।
अहिले खरिदार तहमा विज्ञान र गणित विषय समेटेको हुनाले विज्ञान र गणितमा डिग्री
गरेका मेधावी जनशक्ती खरिदारको रुपमा निजामति सेवामा भित्रिरहेको पाईन्छ ।
गाउँघरमा प्रतिष्ठित खरिदारमा पदमा तपाईले पनि जागिर खाने हो की ? त्यसको लागि
निरन्तर यो ब्लगलाई फलो गर्नुहोला ।
Introduction to Government Job-सरकारी जागिरको परिचय तथा सरकारी जागिर कसरी खाने ?
छोरी
माग्न जाँदा, बिहे गर्छु भन्दा, ससुरा परे दोधारे, भन्छन् - तिम्रो छ र के भर
? खोजिआउ पहिले सरकारी जागिर............।" 'डक्टर पाइलट' ब्यान्डका
क्रान्ति आलेले बनाएको यो गीत हामी सबैले सुनेको हुनुपर्छ र कुनै समयको हिट गीतको
रुपमा यो गीत रहेको थियो । यस गीतको शब्दबाट हामीलाई सरकारी जागीरको महत्व बुझ्न
कठिन हुँदैन ।
जीवन जीउने तथा निर्वाहका
अनगिन्ती उपाय, बाटो, काम र पेशाहरु छन । स्वतन्त्र रुपमा काम गर्न चाहनेले
व्यापार व्यवसाय गर्न सक्छ, अब्बल र उत्कृष्ट व्यक्तिलाई नीजी र कर्पोरेट
क्षेत्रमा सरकारी जागिरको तुलनामा आकर्षक सेवा र सुविधासहितका विकल्पहरु उपलब्ध छन
। त्यस्तो जनशक्तिको माग दिनदिनै बढिरहेको छ । र पनि हामी सबैको प्रमुख रोजाई किन
सरकारी जागिर नै बन्न पुग्यो त? यस प्रश्नको उत्तर खोज्नुभन्दा पहिले सरकारी
जागिरको बारेमा बुझ्नु आवश्यक छ । सरकारी जागीरलाई राज्यकोषबाट तलब प्राप्त हुने
राज्यको सेवामा समर्पित हुने पेशाको रुपमा अर्थ्याउनु सान्दर्भिक हुन्छ । अर्थात
राज्यले जनताबाट संकलन गर्ने कर रकमबाट तलब, भत्ता तथा सुविधा लिने, निश्चित
सेवाअवधि काम गर्ने तोकिएको योग्यता पुरा गरी राज्यबाट नियुक्ती लिएका सबै पदहरु
नै सरकारी जागिर अथवा सार्वजनिक पद हुन ।
भ्रष्टाचार निवारण ऐन, २०५९ ले सार्वजनिक संस्थाको परिभाषा यसरी दिएको छ
:-
१) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा
नियन्त्रण भएको कम्पनी,
बैङ्क वा समिति वा प्रचलित कानुनबमोजिम नेपाल सरकारद्वारा स्थापित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य संगठित संस्था,
२) नेपाल सरकारद्वारा संचालित वा नेपाल सरकारको
पूर्ण वा आंशिक अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, विद्यालय, अनुसन्धान केन्द्र र अन्य त्यस्तै प्राज्ञिक वा
शैक्षिक संस्था,
३) स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम गठित स्थानीय निकाय,
४) नेपाल सरकारको ऋण, अनुदान वा जमानतमा संचालित संस्था,
५) उपखण्ड (१), २), ३) वा (४) मा उल्लिखित संस्थाको पूर्ण वा आंशिक स्वामित्व
भएको वा नियन्त्रण रहेको वा त्यस्तो संस्थाबाट अनुदान प्राप्त संस्था,
६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन
गरी सार्वजनिक संस्था भनी तोकेको अन्य संस्था ।
यसप्रकार सार्वजनिक संस्थाका पदहरुमा नियुक्त
हुनुलाई सरकारी जागीर खानु/पाउनुको रुपमा परिभाषित गर्न सकिन्छ ।
त्यस्तै सोही ऐनमा राष्ट्रसेवक भनेर निम्नानुसार
परिभाषित गरिएको छ:-
“राष्ट्रसेवक” भन्नाले प्रचलित
कानुनबमोजिम सार्वजनिक पद धारण गरेको मानिने व्यक्ति सम्झनु पर्छ र सो शब्दले
देहायको व्यक्ति समेतलाई जनाउँछः–
(१) राष्ट्रपति, नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष लिएको शपथबाट
वा नेपाल सरकार वा सार्वजनिक संस्थासंग गरेको सम्झौता वा कबुलियत वा शर्त बमोजिम
वा सार्वजनिक कर्तव्य पालन गर्नको लागि नेपाल सरकार वा सार्वजनिक संस्थाबाट तलब, भत्ता, पारिश्रमिक,
सुविधा, हैसियत वा अन्य कुनै लाभ पाउने वा नपाउने गरी
नियुक्त, मनोनीत वा निर्वाचित
व्यक्ति,
(२) कुनै विवादको निरोपण गर्न वा समाधान गर्न
प्रचलित कानुनबमोजिम नियुक्त भएको मध्यस्थ वा त्यस्तै हैसियतमा नियुक्त अन्य कुनै
व्यक्ति,
(३) प्रचलित कानुनबमोजिम नियुक्त, निर्वाचित वा मनोनीत लिक्विडेटर, सर्भेयर वा सोही प्रकृतिको हैसियतमा काम
गर्ने व्यक्ति,
(४) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन
गरी तोकेको अन्य व्यक्ति ।
यसप्रकार सबै सरकारी जागिर/वा सार्वजनिक पद धारण
गरेका व्यक्ति राष्ट्रसेवक रहेको यसबाट बुझ्न सकिन्छ ।तर सबै राष्ट्रसेवकहरु भने
सरकारी जागिर गरेका वा खाएका भने होईनन ।
अब लागौं सरकारी जागिरमा आकर्षण किन त? यसको सरल
उत्तर छ, सेवाको स्थायित्व, तुलनात्मक रुपमा आकर्षक तलब भत्ता, सेवा सुविधा,
उपदान, निवृत्तिभरणको ब्यवस्था पदअनुसारको विशिष्ट अधिकार, राष्ट्रसेवा, विशिष्ट र
चुनौतिपूर्ण जिम्मेवारी।त्यसका साथै विभिन्न देश विदेशमा अध्ययन, अध्ययन भ्रमणको
अवसर, परराष्ट्र सेवामा रहनेहरु भारत, बेलायत, अमेरिका, जापान, रुस, चीन लगायतका
27/28 देशमा नेपाली दुतावासमा रहेर काम गर्न पाउने अवसर जुन अत्यन्तै आकर्षक
क्षेत्रको रुपमा रहेको छ । यस्तै सरकारी जागिरबाट देशको शासन संचालन गर्ने, नीती
निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गराउने तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो देशको
बैदेशिक नीती र कुटनीती संचालन गर्ने लगायतका काम गर्ने अवसर प्राप्त हुन्छ ।त्यसकारण
पनि सरकारी जागिरमा आकर्षण रहेको पाउन सकिन्छ।हाम्रो छिमेकी देश भारतको उदाहरण
हेर्ने हो भने त्यहाँ सरकारी जागिर पाउनु ठूलो युद्ध जित्नुसरह मानिन्छ र जो
परिक्षामा उत्तीर्ण हुन्छ उसलाई निकै नै सम्मानजनक रुपमा हेरिन्छ उ एउटा
सेलिब्रेटी, रोलमोडल बन्न पुग्छ साथै उसको अन्तर्वार्ता करौडौंले व्यक्तिहरुले हेर्दछन
। नेपालमा सरकारी जागिरको रुपमा सेवा गर्नको लागी निम्न निकायहरुमा संचालन हुने
प्रतियोगितात्मक परिक्षाहरु उत्तीर्ण गरी सरकारी जागिर पाउन र खान सकिन्छ ।
Ø निजामति सेवा-देशको स्थायी सरकार निजामति
सेवामा लोकसेवा आयोगद्धारा लिईने प्रतियोगितात्मक परिक्षा उत्तीर्ण गरी सेवा
प्रवेश गर्न सकिन्छ ।
Ø नेपाली
सेना- परिक्षा लोक सेवा आयोगद्धारा गरिने ब्यवस्था नेपालको संविधान मा गरिएको छ र
उक्त परिक्षा उत्तीर्ण गरि सेवा प्रवेश गर्न सकिन्छ ।
Ø विद्यालयमा शिक्षकको रुपमा सरकारी जागिरमा
प्रवेश गर्न - शिक्षा सेवा आयोगबाट संचालन हुने परिक्षाहरुमा उत्तीर्ण हुनुपर्छ ।
Ø विश्वविद्यालयहरुमा जागिरको रुपमा सेवा
प्रवेश गर्न विश्वविद्यालय सेवा आयोगबाट लिइने परिक्षा उत्तिर्ण गरी सेवा प्रवेश
गर्न सकिन्छ ।जस्तै त्रिभुवन विश्वविद्यालय सेवा आयोग ।
Ø नेपाल राष्ट्र बैक,राष्ट्रिय वाणिज्य बैंक,
नेपाल बैंक लिमिटेड, कृषि विकास बैक लगायतका बैकहरुमा सेवा प्रवेश गर्न लोक सेवा
आयोगबाट लिइने परिक्षा उत्तीर्ण गर्नुपर्छ ।
Ø नेपाल टेलिकम कर्मचारी संचय कोष,नागरिक
लगानी कोष जस्ता संस्थामा सेवा प्रवेश गर्न लोक सेवा आयोगबाट लिइने परिक्षा
उत्तीर्ण गर्नुपर्छ ।
Ø 30 भन्दा बढी नेपाल सरकारका सार्वजनिक
संस्थानमा सेवा प्रवेश गरी सरकारी जागिर खान लोक सेवा आयोगबाट लिइने परिक्षा उत्तीर्ण
गर्नुपर्छ ।
Ø नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय
अनुसन्धान मा सेवा प्रवेश गरी सरकारी जागिर गर्न लोक सेवा आयोगबाट लिइने परिक्षा
उत्तीर्ण गर्नुपर्छ ।
अन्त्यमा सरकारी जागिर भन्नाले धेरै
मानिसहरुले प्राय:निजामति सेवाका खरिदार,नायब सुब्बा,शाखा अधिकृत,उपसचिव,सहसचिव
लगायतका पदहरुलाई बुझ्ने गर्दछन तर राज्यकोषबाट तलब लिने तथा स्थायी सार्वजनिक
पदहरु सबै सरकारी जागिर नै हुन । सबै सरकारी जागिरको मियो भने निजामति सेवा नै
रहेकोले सबैको आकर्षण यसमा रहन गएको हो ।तपाई पनि सरकारी जागिर खाने/पाउने योजना
बनाईरहनुभएको छ भने सरकारी पदहरुमा सिफारिस गर्नको लागि परिक्षा संचालन गर्ने
निकायहरुबाट संचालन हुने प्रतिस्पर्धात्मक परिक्षाहरुमा सहभागी भई छनौट हुन
सक्नुहुनेछ ।
त्यसको लागि तपाईको रुचि, शैक्षिक योग्यता
हासिल भएको र तपाई आफ्नो योग्यताअनुसार कुन क्षेत्रमा लाग्न चाहनुहुन्छ त्यो
तपाईले निर्धारण गर्नुपर्ने हुन्छ ।
Subscribe to:
Posts (Atom)