सरकारको नीती तथा कार्यक्रम संसदमा प्रस्तुत
कहिले?
2075-2-7 मा राष्ट्रपतिद्धारा प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त
बैठकमा आ.व.2075।76 को
नीति तथा कार्यक्रम प्रस्तुत
नीती तथा कार्यक्रमका विशेषताहरु
सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने।
मुख्य राजमार्गहरुलाई ‘एक्सप्रेश-वे’का रुपमा विकास गर्ने।
अबको १० वर्षभित्र देशलाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने।
सरकारले ‘समृद्ध
नेपाल, सुखी नेपाली’ दीर्घकालीन नीति लिएको छ।
प्रत्येक नेपालीको बैंक खाता खोल्ने।
५ वर्षमा कृषिको उत्पादन दोब्बर बनाउने।
५ वर्षभित्र कामका लागि विदेश जानुपर्ने बाध्यताको अवस्था अत्त्य गर्ने।
सरकारले ‘प्रधानमन्त्री
रोजगार कार्यक्रम’
सञ्चालन
गर्ने।
सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल
गर्ने लक्ष्य लिने भएको छ।
नेपालीहरुको प्रतिव्यक्ति आयलाई पनि पाँच वर्षमा दोब्बर पुर्याउने।
No comments:
Post a Comment